कतार बहराइन समुद्री यात्रुवाहक यातायात सुरु
दोहा। कतार र बहराइनबीच पहिलोपटक औपचारिक रूपमा समुद्री यात्रु सेवा सुरु गरिएको छ। कतारदेखि ५० मिनेटमा नै समुद्री यात्रुवाहक जहाज उत्तरी शहर अल रुवैस बन्दरगाहबाट बहराइनको मुहार्रक टापुस्थित सादाह मरीना पुग्नेछ।
कतार बहराइन यात्रुवाहक जहाजको उद्घाटन गर्न अल रुवैस बन्दरगाहमा दुवै मुलुकका मन्त्री र उच्च अधिकारीहरूको उपस्थितिमा सम्पन्न भएको थियो।
उक्त उद्घाटन समारोहमा कतारका परिवहन मन्त्री महामहिम शेख मोहम्मद बिन अब्दुल्ला बिन मोहम्मद अल थानी र बहराइनका परिवहन तथा दूरसञ्चार मन्त्री महामहिम डा. शेख अब्दुल्ला बिन अहमद अल खलीफा पनि उपस्थित थिए।
नयाँ सामुद्रिक यात्रु सेवाले यात्रुहरूलाई करिब ५० मिनेटमै बहराइन र कतारबीच यात्रा गर्ने सुविधा प्रदान गर्नेछ। कतारदेखि बहराइन पुगरे फर्किने टिकटको मूल्य २६५ कतारी रियाल तोकिएको छ। यस यात्रुवाहक जहाजमा एक पटकमा २८ देखि ३२ जना यात्रु लैजान सक्ने क्षमता रहेको छ।
जलमार्ग हुँदै कतार बहराइन सजिलै पुग्न सकिने दुई देशबीचको सम्झौतापछि यात्रालाई सहज, द्रुत र सुरक्षित बनाउनेछ। जसले दुई देशबीचको पर्यटन, व्यापार र यातायात प्रणालीमा सहकार्यलाई नयाँ उचाइमा पुऱ्याउने अपेक्षा गरिएको छ।







डिसी नेपाल








Facebook Comment