भुटानको ऊर्जा परियोजनाहरूका लागि भारतले ४,००० करोड ऋण दिने
काठमाडौं । भारतले भुटानलाई आफ्नो ऊर्जा परियोजनाहरूका लागि ४,००० करोड रुपैयाँ ऋण उपलब्ध गराउनेछ। यो ऋण सहुलियत दरमा प्रदान गरिनेछ।
भारतीय विदेश मन्त्रालयका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको भुटान भ्रमणको क्रममा धेरै सम्झौताहरूमा हस्ताक्षर र धेरै घोषणाहरू गरिएका छन् ।
प्रधानमन्त्री मोदी र भुटानका राजा जिग्मे खेसर नामग्याल वाङ्चुकले १०२० मेगावाटको पुनतसाङ्छु–२ जलविद्युत आयोजनाको उद्घाटन गरेका छन् ।
यसबाहेक, १२०० मेगावाटको पुनात्साङचु-१ जलविद्युत परियोजनाको मुख्य बाँधको काम पुनः सुरु गर्ने सम्झौता पनि दुई देशबीच भएको छ।
यो दुवै देशले संयुक्त रूपमा विकास गरेको सबैभन्दा ठूलो जलविद्युत परियोजना हुनेछ।
भारत र भुटानबीच नवीकरणीय ऊर्जा, स्वास्थ्य र औषधिको क्षेत्रमा सहयोगका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ।
यसबाहेक, वाराणसीमा मन्दिर/मठ र अतिथि गृह निर्माण गर्न भुटानलाई जग्गा दिने घोषणा पनि गरिएको छ।







डिसी नेपाल








Facebook Comment