मधेशका प्रदेश प्रमुख लाभले गरे पदभार ग्रहण

डिसी नेपाल
२७ कार्तिक २०८२ १७:०७

काठमाडौं । मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले पदभार ग्रहण गरेका छन्।

बिहीबार जनकपुरस्थीत प्रदेश प्रमुखको कार्यालय पुगेर उनले पदभार ग्रहण गरेका हुन्। त्यसअघि कार्यालयमा पुग्दा नेपाली सेनाले सलामी अर्पण गरेको थियो भने कार्यालयका कर्मचारीले उनलाई स्वागत गरेका थिए।

पदभार ग्रहणपछि मधेश प्रदेशका प्रदेश प्रमुख कर्णले मधेश प्रदेशमा सरोज कुमार यादव नेतृत्वको सरकार गठनको विषय अदालतमा पुगिसकेकाले अदालतले संवैधानिक व्यवस्था अनुसारकै निर्णय गर्ने विश्वास व्यक्त गरे।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मधेस प्रदेशको प्रदेश प्रमुखमा धनुषाका कर्णलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार कर्णलाई मधेश प्रदेशको प्रदेश प्रमुखमा नियुक्त गर्दै सपथ गराएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *