ब्लड डोनर्स अफ अमेरिकाः म्यासाचुसेट्स राज्य समितिको अधिवेशन सम्पन्न

डिसी नेपाल
२ मंसिर २०८२ १९:२१
60
Shares

अमेरिका। बोस्टन नजिकैको ब्रायन्ट्रि म्यासाचेसेट्स राज्यमा ब्लड डोनर्स अफ अमेरिका म्यासाचुसेट्स राज्य समितिले पहिलो अधिवेशन सम्पन्न गरेको छ।

नेपाली कम्यूनीटि सेन्टर पशुपतिनाथ बुद्ध फाउण्डेशनको भवनमा सम्पन्न उक्त अधिवेशनमा ‘मान्छेको शरीरको अपरेशन र रक्तदानको अन्तर सम्बन्ध’को महत्व ‘The Blood is a lifeline Behind Every Critical Surgery’ बारे हार्वर्ड विश्वबिद्यालयद्वारा सञ्चालित ‘बेथ इज्रेल डेकोन्स मडिकल सेन्टर’की डाक्टर स्मृधि बाँस्कोटाले एक बृतचित्र सहितको शिक्षाप्रद प्रस्तुति दिएकी थिइन्।

साथै नेपालमा रक्तदानको इतिहासबारे चर्चा गर्दै पूर्व कान्ति बाल अस्पताल तथा पूर्व यूनिसेफका डाक्टर रहेका डा. हरिकृष्ण बाँस्कोटाले बृतचित्रसहितको विश्लेषणात्मक टिप्पणी राखेका थिए। नेपालमा सन् १९४० मा दया बीर सिंह कंसाकारले गरेको रक्तदानलाई पहिलो रक्तदान मानिन्छ भन्दै उनले रक्तदानको इतिहास खोतलेका थिए।

कार्यक्रमको संस्थाका अध्यक्ष राम थापाले अध्यक्षता गरेका थिए। अधिवेशनमा ब्लड डोनर्श अफ अमेरिकाका केन्द्रीय अध्यक्ष महेश्वर पन्त प्रमुख अतिथि, ब्लड डोनर्श अफ अमेरिकाका केन्द्रीय उपाध्यक्ष बिरोचन नेपाल विशेष अतिथि, नेपाल सरकारका अवैतनिक वाणिज्यदूत प्रल्हाद केसी- अतिथि, नेपालका पर्यटन प्रवर्धक मिलन गुरुङ अतिथि, प्यावफोन नेपाली कम्यूनिटी सेन्टरका अध्यक्ष ध्रुव घिमिरे -अतिथि, एनआरएनए अमेरिका म्यासाचुसेट्सका अध्यक्ष राजु गुरुङ- अतिथि, बोस्टन मेट्रो वेस्ट नेपाली समितिका अध्यक्ष सुरेश ढकाल- अतिथि, श्रीजनशील महिला समूह न्यूईगंलेन्ड अध्यक्ष सानु बर्मा- अतिथि डा.राजकुमार पन्त- अतिथि, मगर समाजका अध्यक्ष लगायतको उपस्थिति थियो।

बिडिएका आजीवन सदस्य खगेन्द्र रेग्मीले स्वागत भाषण गरेर कार्यक्रमको सुरुवात भएको थियो र सचिवको रिपोर्ट सचिव चिरन्जीवि आचार्य, कोषको रिपोर्ट कोषाध्यक्षका प्रतिनिधि, ब्लड डोनर्श अफ अमेरिकाका केन्द्रिय पाँचौ अधिवेशनका कोष कोअर्डिनेटर तथा केन्द्रीय सदस्य थानिरत्न कँडेलले दिएका थिए।

सचिवको रिपोर्ट दिँदै चिरन्जीविले म्यासाचुसेट्समा हाल आजका दिनसम्म १७२ आजीवन  सदस्य रहेको जानकारी दिए। वरपर रहेका नरवुड हिमालयन लायन्स क्लव, बोस्टन मेट्रो वेष्ट नेपाली कम्यूनीटि, जिविएनसि,एनआरएनएजस्ता संस्थासँग मिलेर झन्डै २०१० सालदेखि हाल सम्म ११५०-१२०० पिन्ट ब्लड संकलन गरेर झन्डै ३५००-६०० ब्यक्तिको ज्यान वचाएको हुन सक्ने दावि पेश गरेका थिए।

कोषको रिपोर्टमा सकंलन तर्फ – झन्डै डलरमा २१०००.०० सकंलन भएको र ब्लड डोनर्श अफ अमेरिकाका केन्द्रीय अधिवेशणको खर्च कटाएर अब खातामा ४१०० डलर बाँकी हुन आएको बताएका थिए। उक्त रकम आजीवन सदस्यहरुबाट संस्था र ब्यक्तिहरुले दिनु भएको दानबाट सकंलन भएको कुरा साधारण सभालाई जानकारी गराएका थिए।

विशेष अतिथि संस्थाका उपाध्यक्ष बिरोचन नेपालले ब्लड डोनर्श अफ अमेरिकाको इतिहासबारे सभालाई जानकारी गराएका थिए।सभामा उपस्थित सबै अतिथिहरुले शुभकामानका केही शब्द राख्नु भएको थियो।

ब्लड डोनर्श अफ अमेरिकाका केन्द्रिय अध्यक्ष तथा प्रमुख अतिथि महेश्वर पन्तले कविता सहितको रक्तदाताहरु र उपस्थित आजीवन सदस्य कार्यसमिति सबैलाई सम्बोधन गर्दै सबै भन्दा ठूलो दान भनेको रक्तदान हो र कसैको ज्यान बचाउन प्रदान भएको यहाँले दिएको रगत जति ठूलो दान केही हुन सक्दैन।

आजैबाट प्रण गरौँ कि सक्ने र मिल्नेले “म रक्तदान गर्छु” भन्ने नारा सुरु गर्न भन्दै उपस्थित आजीवन सदस्यहरुलाई सदस्यताको प्रमाणपत्र दिँदै प्रमुख अतिथि पन्तले सक्दो सबैलाई ब्लड डोनर्श अफ अमेरिकाको आजीवन सदस्यता लिन र यस्को वेबसाइट www.blooddonorsofamerica.org भिजिट गरेर सहयोग प्रदान गर्न समेत अनुरोध गरेका थिए।

तत्कालीन अध्यक्ष राम थापाकै अध्यक्षतामा गठित निम्नानुसारको तेईस सदस्य रहेको नयाँ कार्य समिति २०२५ देखि २०२७ ब्लड डोनर्श अफ अमेरिकाका केन्द्रीय उपाध्यक्ष विरोचन नेपालले घोषणा गरेका थिए।
अध्यक्ष- राम थापा
एक्जुकेटिभ उपाध्यक्ष- सुरेश ढकाल
उपाध्यक्ष-    खागेन्द्र रेग्मी
उपाध्यक्ष-    जलप्रसाद घिमिरे
महासचिव-    चिरञ्जीवि आचार्य
सचिव-    प्रकाश खनाल
कोषाध्यक्ष-     हरिराज मैनाली
सदस्यहरुः
अलोनि अधिकारी
अस्मिता आचार्य
आयूस्मा घिमिरे
अञ्जु थापा
दामोदर उप्रेती
घनी न्यौपाने
लोक लामा
प्रभा गौतम
प्रमोद गौतम
रघु भट्टराई
राजन खतिवडा
रुपक अधिकारी
सुविना सुब्बा
शान्ता थापा
टङ्क पोखरेल
उमेष पनेरु

नयाँ पदाधिकारी तथा सदस्यहरुलाई ब्लड डोनर्श अफ अमेरिकाका केन्द्रीय अध्यक्ष महेश्वर पन्तले कार्यकालको शुभकामना दिँदै ब्लड डोनर्श अफ अमेरिकाको बिधान भित्र रहेर काम गर्न शुभकामना दिँदै सपथ ग्रहण गराएका थिए।

अन्त्यमा कार्यक्रममा उपस्थित र नयाँ कार्यसमितिमा जोडिएका पदाधिकारी, पहिलैदेखि जोडिएका फेरि दोहोर्याएका पदाधिकारी सदस्यहरु सबैलाई धन्यवाद ज्ञापन गर्दै सभाका अध्यक्ष तथा नयाँ कार्यकालका लागि पनि निर्वाचित अध्यक्ष राम थापाले आफ्ना केही अनुभव र सबै ब्यक्ति तथा सघंसंस्थासगं मिलेर काम गर्ने अपेक्षा रहेको र सबैलाई साथदिन अनुरोध पनि गर्दै साधारणसभा विसर्जन गरेका थिए। कार्यक्रम ब्लड डोनर्श अफ अमेरिका म्यासचुसेट्स राज्यले आयोजना गरेको मैत्रिपूर्ण रात्री भोज पछि समाप्त भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.