मुस्ताङमा २६६ जना मतदाता थपिए
मुस्ताङ। आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङमा २६६ जना नयाँ मतदाता थपिएका छन्।
जिल्ला निर्वाचन कार्यालय मुस्ताङका अनुसार नगारिकताका आधारमा मतदाता नामावली दर्ता गर्नेको सङ्ख्या १४३ जना र राष्ट्रिय परिचयपत्रको आधारमा मतदाता नामावली दर्ता गर्नेको सङ्ख्या १२३ जना रहेका छन्। गत १० मङ्सिरदेखि सुरु भएको मतदाता नामावली दर्ता म्याद कात्तिक मसान्तसम्म तोकिए पनि मतदान प्रक्रियामा कुनै पनि नागरिक वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले निर्वाचन आयोगले ५ कात्तिक साँझ ५ बजेसम्म म्याद थप गरेको थियो।
जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नायब सुब्बा लक्ष्मी अधिकारीका अनुसार यहाँ मतदाता नामावलीमा नाम दर्ता गराउन आएकामध्ये अधिकांश युवा पुस्ताका मतदाता छन्। मतदाता नामावलीमा नाम दर्ता गर्नेको सङ्ख्या आयोगले आज साँझसम्म म्याद तोकेको थियो।
सरकारले अनलाइनबाट आफ्नो मतदाता बनाउन सकिने व्यवस्था गरिएको भए पनि अधिकांश मतदाता कार्यालयमा उपस्थित भई मतदाता नामावली दर्ता गराएको उनको भनाइ छ।







डिसी नेपाल








Facebook Comment