पृथ्वीराजमार्ग पश्चिम खण्डमा ११ पुल निर्माण

डिसी नेपाल
१३ मंसिर २०८२ १५:४९
36
Shares

तनहुँ । पोखरामुग्लिन ३८ किलोमिटर सडकको पश्चिम (पोखराजामुने) खण्डमा १२ मध्ये ११ वटा पुल निर्माण भएका छन्।

सडक आयोजना कार्यालयका अनुसारम्याग्देखोला, कुम्लेखोला, ठाडेखोला, सम्धीखोला, मूलखोला, फेदीखोला१, फेदीखोला२, रुदीखोला, हलेदीखोला, कालीखोला र कास्कीको कोत्रेखोलामा पुल निर्माण भएका हुन्। उक्त खण्डमा १०५ वटा कल्भर्ट पनि निर्माण भएका छन्।

हालसम्म उक्त सडकको भौतिक प्रगति ५९.८९ र वित्तीय प्रगति ४७.८० प्रतिशत भएको छ।

करिब ३० किलोमिटर दुईतर्फी (चार लेन) र आठ किलोमिटर एकतर्फी (दुई लेन) कालोपत्र भएको छ। पूर्वी खण्ड ‍(जामुनेमुग्लिन) को ४३ किलोमिटर सडक निर्माण भने अन्तिम चरणमा पुगेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.