पृथ्वीराजमार्ग पश्चिम खण्डमा ११ पुल निर्माण
तनहुँ । पोखरा–मुग्लिन ३८ किलोमिटर सडकको पश्चिम (पोखरा–जामुने) खण्डमा १२ मध्ये ११ वटा पुल निर्माण भएका छन्।
सडक आयोजना कार्यालयका अनुसारम्याग्देखोला, कुम्लेखोला, ठाडेखोला, सम्धीखोला, मूलखोला, फेदीखोला–१, फेदीखोला–२, रुदीखोला, हलेदीखोला, कालीखोला र कास्कीको कोत्रेखोलामा पुल निर्माण भएका हुन्। उक्त खण्डमा १०५ वटा कल्भर्ट पनि निर्माण भएका छन्।
हालसम्म उक्त सडकको भौतिक प्रगति ५९.८९ र वित्तीय प्रगति ४७.८० प्रतिशत भएको छ।
करिब ३० किलोमिटर दुईतर्फी (चार लेन) र आठ किलोमिटर एकतर्फी (दुई लेन) कालोपत्र भएको छ। पूर्वी खण्ड (जामुने–मुग्लिन) को ४३ किलोमिटर सडक निर्माण भने अन्तिम चरणमा पुगेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment