सल्यानमा जिप दुर्घटना: तीन जनाको मृत्यु, सात घाइते

डिसी नेपाल
१४ कार्तिक २०८३ ९:०४

सल्यान। सल्यानको सिद्ध कुमाख गाउँपालिका-२ रातामाटेस्थित भित्री कच्ची सडक खण्डमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

श्रीनगरबाट टाकुरा गाउँतर्फ जाँदै गरेको लु १ ज २३६८ नम्बरको जिप नियन्त्रण गुमाएर सडकबाट करिब १५० मिटर तल खोलामा खसेको हो।

दुर्घटनालगत्तै उद्धार गरिएका १० जना घाइतेलाई उपचारका लागि विभिन्न अस्पताल पठाइएकोमा तीन जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेहरूमा सिद्ध कुमाख गाउँपालिका-२ की ४२ वर्षीया कृष्णी बस्नेत, ४५ वर्षीया सीता विक र ४३ वर्षीय साउने रोका रहेका छन्।

अन्य घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइतेहरूलाई थप उपचारका लागि दाङ र नेपालगञ्ज पठाइएको छ। प्रहरीले जिप चालक ३८ वर्षीय तिलक चलाउनेलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे आवश्यक अनुसन्धान सुरु गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *