बाढीपहिरोले पाँच स्थानका सडक अवरुद्ध, कान्तिलोकपथमा राति गाडी चलाउन रोक

डिसी नेपाल
१४ कार्तिक २०८३ ८:२५
16
Shares

काठमाडौं।  लगातारको बाढीपहिरोका कारण गोरखा, काभ्रेपलाञ्चोक र सुर्खेतका विभिन्न मुख्य तथा सहायक सडकहरू अवरुद्ध भएका छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार सम्भावित जोखिमलाई ध्यानमा राख्दै मकवानपुर र ललितपुर जोड्ने कान्तिलोकपथमा रातिको समयमा सवारी आवागमन बन्द गरिएको छ।

बाढीका कारण गोरखाको आरुघाट गाउँपालिका-२ र ३ जोड्ने सोतीस्थित बुढीगण्डकी नदीको फलामे मोटरेबल पुल बगेपछि ती दुई वडाबीचको सडक सम्पर्क टुटेको छ।

यस्तै, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-९ स्थित पिन्थली र वडा नं ८ को गिम्दीबेँसीमा पहिरो खसेपछि बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

यसैगरी, सुर्खेतको बराहताल गाउँपालिका-७ स्थित औलिसेमा सुक्खा पहिरो खस्दा कर्णाली राजमार्ग पनि पूर्ण रूपमा ठप्प बनेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *