छैटौँ अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन एटलान्टा जर्जियामा आयोजना हुँदै

डिसी नेपाल
१४ मंसिर २०८२ १०:४७
124
Shares

जर्जिया। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय महिला समितिको आयोजनामा आगामी २०२६ मार्च ६ देखि ८ सम्म एटलान्टा, जर्जियामा छैटौं अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन आयोजना हुने भएको छ।

यस वर्षको सम्मेलनको नारा “महिलाका सिर्जनशीलता, विश्व तराजुको सन्तुलन” घोषणा गरिएको छ, जसले विश्वभरका महिला साहित्यकारहरूको सृजनात्मक शक्तिलाई सम्मान गर्दै साहित्यिक योगदानको महत्त्वलाई प्रतिविम्बित गर्दछ।

यस वर्षको सम्मेलन अनेसास जर्जिया च्याप्टरको संयोजनमा सम्पन्न हुनेछ। सम्मेलनको सञ्चालनका लागि अनेसास जर्जिया च्याप्टरकी अध्यक्ष मीरा कोइरालालाई संयोजकको जिम्मेवारी प्रदान गरिएको छ। संयोजक कोइरालाले जर्जिया च्याप्टर कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गर्न पूर्ण रूपमा जुटेको र आगन्तुक पाहुनाहरूलाई हार्दिक स्वागत गर्न आतुर रहेको जानकारी दिएकी छन्।

केन्द्रीय महिला समितिकी संयोजक उर्मिला निर्दोषीले सम्मेलनमा विश्वभरिका महिला साहित्यकारहरूको उत्कृष्ट र उत्साहजनक सहभागिता रहने विश्वास व्यक्त गर्दै यो सम्मेलनलाई अन्तर्राष्ट्रिय सृजनशीलता उत्सवका रूपमा स्थापित गर्न सबै पक्षको ऊर्जा र प्रतिबद्धता महत्वपूर्ण रहेको बताएकी छन्।

मार्च ६ का साँझ अनेसास जर्जिया च्याप्टरद्वारा आयोजित स्वागत नेपाली सांस्कृतिक कार्यक्रमसँगै रात्रिभोजबाट सम्मेलन प्रारम्भ हुनेछ। मार्च ७ मा सम्मेलनको औपचारिक उद्घाटनसँगै कार्यपत्र प्रस्तुति, साहित्यिक रचना वाचन तथा विभिन्न विषयगत छलफल सत्रहरू सञ्चालन गरिनेछन्।

त्यसैगरी केन्द्रीय महिला समितिकी संयोजक उर्मिला निर्दोषीले , मार्च ७ मा सम्मेलनको औपचारिक उद्घाटन समारोहमा, नेपाल तथा विश्वका सबै मुलुकमा बसोबास गर्ने नेपाली महिला स्रष्टाहरूको साहित्यिक रचनाहरू संकलित कृति “सृजनामा नारी भाग-४” पुस्तकको पनि विमोचन गरिने जानकारी गराइन्।

त्यसैगरी केन्द्रीय महिला समितिकी संयोजक उर्मिला निर्दोषीले सम्मेलनमा प्रवासमा बस्ने नेपाली महिला स्रष्टाहरूको नयाँ साहित्यिक कृतिहरूको पनि एकमुष्ट विमोचन गरिने कुराको जानकारी गराइन्।

अन्तिम दिन मार्च ८ मा समापन समारोह सम्पन्न गरिनेछ र त्यसपछि सहभागीहरूलाई एटलान्टा आसपासका प्रमुख पर्यटकीय स्थलहरूको भ्रमण गराइने कार्यक्रम रहेको छ। सम्मेलन एटलान्टास्थित नेपाली सांस्कृतिक केन्द्रको भवनमा हुनेछ। सहभागी पाहुनाहरूका लागि सहुलियत दरमा होटेल रुम बुकिङको व्यवस्था मिलाइएको छ, जसका लागि तल दिइएको लिंक प्रयोग गर्न सकिनेछ।

Country Inn & Suites by Radisson, Stone Mountain, GA

थप जानकारीका लागि निम्न व्यक्तिहरूलाई सम्पर्क गर्न सकिने छ।

1. Mira Koirala : (470) 563-7977
2. Urmila Nirdoshi: (314) 328-0830
3. Raju Sitaula: (720) 729-7438




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.