धोबी खोलामा साइकलसहित शव भेटियो

डिसी नेपाल
१८ मंसिर २०८२ १०:१५
184
Shares

काठमाडौं । धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ।

जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार आज बिहान काठमाडौं महानगरपालिका–२९ रुद्रमति पुल नजिक धोबी खोलामा साइकलसहित शव भेटिएको हो।

मृतक काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१ का स्थायी बासिन्दा ललित गिरी हुन्। घटनास्थलमा प्रहरी टोली परिचालन भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.