धोबी खोलामा साइकलसहित शव भेटियो
काठमाडौं । धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ।
जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार आज बिहान काठमाडौं महानगरपालिका–२९ रुद्रमति पुल नजिक धोबी खोलामा साइकलसहित शव भेटिएको हो।
मृतक काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१ का स्थायी बासिन्दा ललित गिरी हुन्। घटनास्थलमा प्रहरी टोली परिचालन भएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment