राष्ट्रिय ललितकला प्रदर्शनीका लागि कलाकृतिहरू बुझाउन आह्वान

डिसी नेपाल
६ पुष २०८२ १५:४९
16
Shares

काठमाडौं । नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानले २०८३ जेठ १५ गते काठमाडौंमा राष्ट्रिय ललितकला प्रदर्शनीमा २०८३ को आयोजना गर्ने भएको छ।

प्रदर्शनीसम्बन्धी कार्यविधि अनुसार प्रादेशिक ललितकला प्रदर्शनीमा समावेश भई छनोट भएका कलाकृतिहरू मात्र राष्ट्रिय ललितकला प्रदर्शनीमा समावेश हुने प्रावधान रहेको हुँदा उक्त प्रदर्शनीमा कलाकृति समावेश गर्नका लागि २०८२ पुस ३० गते भित्र कलाकृतिहरू बुझाउन देशभरिका ललितकलाकर्मीहरूलाई प्रतिष्ठानले आह्वान गरेको छ।

‘सामाजिक रूपान्तरण ः ललितकलाको अभियान’ भन्ने मूल भावमा रही नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानले ऐन २०६४ को दफा ५ को खण्ड (ट) समेतको प्रयोजनका लागि राष्ट्रिय ललितकला प्रदर्शनी कार्यविधि२०८० र प्रादेशिक ललितकला प्रदर्शनी कार्यविधि २०८० बमोजिम यस प्रज्ञाप्रतिष्ठानद्वारा सातै प्रदेशमा माघदेखि प्रादेशिक ललितकला प्रदर्शनी हुन गइरहेको छ।

प्रादेशिक प्रदर्शनीमा समावेश भइ छानिएका कलाकृति मात्र राष्ट्रिय ललितकला प्रदर्शनीमा प्रतियोगी कलाकृतिका रूपमा समावेश हुने प्रावधान रहेकाले आआफ्ना प्रदेशमा हुने प्रादेशिक प्रदर्शनीमा कलाकृति तोकिएको समयभित्रै बुझाउन समेत सम्बन्धित सबैमा जानकारी गराएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.