कविता : प्रेमको तौल
तिमी माथिको मेरो माया नाप्ने
मैले कुनै तराजु भेट्न सक्दिन
विज्ञानले पृथ्वीको तौल नाप्न सक्ला
तिमीलाई मैले गर्ने प्रेमको तौल नाप्न सक्दैन
रगत बनेर नसामा बगेकी
श्वास बनेर मुटुमा धड्किएकी
तिमी
सर्लक्कै म भित्र पसेर पानीमा पानी मिसिएजस्तो
म तिमीमा बिलाएको छु
प्रिया
मेरो मायाको तौल र अवधि
सोध्नु अगाडि
मेरो अनुहार हेर्नु
अनि हेर्नु आकाश !
प्रतिक्रिया
















Facebook Comment