राष्ट्रियसभा निर्वाचनमा कांग्रेस गठबन्धनकाे पक्षमा

डिसी नेपाल
२१ पुष २०८२ १३:००
292
Shares

काठमाडौं। राष्ट्रियसभा निर्वाचनको मिति नजिकिएसँगै दलहरु सकीकरण बनाउन जुटेका छन्। माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच तालमेलको प्रयास सुरु भएको छ।

त्यसका लागि कांग्रेसले एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सँग संवाद सुरु गरेको छ। एक्ला एक्लै चुनावमा जाँदा जित्न कठिन हुने भएपछि प्रमुख तीन दलबीच चुनावी गठबन्धनको तयारी भइरहेको छ।

नेपाली कांग्रेसका नेता एवं राष्ट्रियसभा संसदीय दलका नेता कृष्ण सिटौलाले राष्ट्रियसभा निर्वाचनमा तालमेलका लागि एमाले र नेकपासँग संवादमा रहेको बताए।

सोमबार पत्रकार सम्मेलन गर्दै सिटौलाले राष्ट्रियसभामा तालमेल गर्ने विषयमा आज बस्ने कार्यसम्पादन समितिको बैठकले टुंगो लगाउनेसमेत बताए। उनले राष्ट्रियसभामा तालमेल भएपनि प्रतिनिधिसभा निर्वाचनमा भने कांग्रेस एक्लै चुनावमा जाने दाबी गरे।

उनले भने, ‘ राष्ट्रिय सभामा तालमेल गरे पनि प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले कसैसँग पनि तालमेल गर्दैन। अहिलेसम्म एक्लै चुनावमा जानुपर्छ भन्ने छ,’ उनले भने। कांग्रेसले एमाले, नेकपासँगै मधेशी मोर्चासँग पनि तालमेलका लागि छलफल गरिरहेको छ ।

उनले सरकारले र निर्वाचन आयोगले सुरक्षा र भयरहित वातावरण निर्वाचन गर्न सक्षम छौं भनेको सुनाउँदै आफूहरु निर्वाचनमा जान तयार रहेको बताए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.