वीरगञ्जमा कर्फ्यू आदेश

डिसी नेपाल
२१ पुष २०८२ १३:३६
6.0k
Shares

काठमाडौं । वीरगञजमा कर्फ्यू आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले धार्मिक सद्भाव भड्किन नदिन निषेधाज्ञा जारी गरिएको बताएको छ ।

धनुषामा मस्जिद तोडफोडको घटनापछि यहाँ बिहानैदेखि मुस्लिमहरूले र हिन्दूवादी संगठनहरूले समेत प्रदर्शन गरेका छन् । मुस्लिम र हिन्दू समुदाय एक-अर्काविरुद्ध प्रदर्शनमा उत्रिएपछि स्थिति नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।

दिउँसो १ बजेदेखि अनिश्चितकालका लागि सभा, भेला तथा जुलुस प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरिएको हो । सीडीओ भोला दाहालद्वारा जारी आदेशमा बसपार्क, सिर्सिया पुल, पावर हाउस चौक र शंकराचार्य गेटलाई निषेधित क्षेत्र तोकिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.