करेन्ट लागेर एक जनाको मृत्यु

डिसी नेपाल
२२ पुष २०८२ १९:५९
680
Shares

किमाथाङ्का। सङ्खुवासभाको मकालु गाउँपालिका-५ माङ्सिमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

मकालु-५ माङ्सिमाको सिमली खोला नजिक बिजुलीको तार चुँडिएर करेन्ट लाग्दा स्थानीय अमरबहादुर राईको मृत्यु भएको हो।

भारी बोकेर हिँड्दै गरेको अवस्थामा उनलाई करेन्ट लागेको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताए।

राईको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *