केपी ओलीलाई अनुमति बिना काठमाडौं छाड्न लगाइएको प्रतिबन्ध फुकुवा

डिसी नेपाल
२१ पुष २०८२ १४:२३
92
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको स्थान हद फुकुवा भएको छ।

भदौ २३ र २४ गतेको आन्दोलनका घटनाको छानबिन तथा जाँचबुझ आयोगले ओलीलाई अनुमति बिना काठमाडौं उपत्यका छाड्न र विदेश जान रोक लगाएकोमा अब सो स्थान हद फुकुवा गरेको हो।

घटनाका बारेमा सोधपुछलगायत बुझ्ने कार्य सम्पन्न भएकाले ओलीलाई विदेश भ्रमण र उपत्यका छाड्न नपाउने निर्णय अब औचित्यहिन भएको आयोगले जनाएको छ। ओलीले आइतबार बयान दिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.