हट्यो वीरगञ्जको कर्फ्यू
काठमाडौं । दुई धार्मिक समुदायको तनावपछि वीरगञ्जमा जारी कर्फ्यू हटाइएको छ।
मंगलबार भएको सर्वपक्षीय पाँच बुँदे सहमति पश्चात् वीरगञ्जमा जारी कर्फ्यू हटाइएको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए। स्थानीय प्रशासनले आज साँझ ६ बजेसम्म कर्फ्यू समय थप गरेकोमा सर्वपक्षीय सहमतिपछि हटाइएको हो।
‘सर्वदलीय र सर्वपक्षीय बैठकमा भएको सहमति एवं हाल जिल्लाको शान्ति सुरक्षाको व्यवस्था सुदृढ हुँदै गएको, नागरिकको स्वतन्त्र आवागमन, व्यापार व्यवसाय लगायतको गतिविधि निर्बाध रूपमा गर्न दिई जीवनयापन सहज गर्नु पर्ने समेतका कारण मिति २०८२।०९।२२ गते अपराह्न ३:३० बजे देखि लागू हुने गरी उक्त कर्फ्यू आदेश हटाइएको ब्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ,’ प्रमुख जिल्ला अधिकारी दाहालले जारी गरेको सूचनामा उल्लेख छ।








डिसी नेपाल








Facebook Comment