रास्वपाद्वारा आकस्मिक सचिवालय बैठक आह्वान
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालयको आकस्मिक बैठक आह्वान गरेको छ।
सवा ३ बजे बस्ने गरी बैठक आह्वान गरिएको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए। बैठक भर्चुअल माध्यमबाट बस्नेछ।
बैठकमा पार्टी एकता, समायोजन र विविध विषयमा छलफल हुने उनले जानकारी दिएका छन्।
उज्यालो नेपाल पार्टीसँगको एकता सहमति भंगभएपछि रास्वपा छलफलमा जुट्न लागेको हो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment