मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते
तानसेन (पाल्पा)। यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत कुमराङ्गमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर भएको दुर्घटामा एक जनाको मृत्यु भएको छभने दुई जना घाइते भएका छन्।
रामपुरबाट भुजातर्फ जाँदै गरेको लु२०प ५८९७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु६८प ८८०० नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर आज बेलुका दुर्घटना भएको हो।
दुर्घटनामा परी लु६८प ८८०० का चालक रामपुर नगरपालिका–८ पिल्टारका ५० वर्षीय डोलराज कुमालको मृतइु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिनुभयो। दुर्घटनामा घाइते हुनुभएका कुमालको रामपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
दुर्घटनामाअर्को मोटरसाइकलका चालक रामपुर नगरपालिका–८, धारापनीका २१ वर्षीय करण श्रेष्ठ र मोटरसाइकल पछाडि सवार सोही स्थानका २३ वर्षीय गिरमान श्रेष्ठ घाइते हुनुभएको छ। दुवै जनाको रामपुर अस्पतालमा उपचारपछि थप उपचारका लागि तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको प्रहरी नायब उपरीक्षक चौधरीले जानकारी दिए।







डिसी नेपाल








Facebook Comment