गायक प्रशान्त तामाङको निधन
काठमाडौं । नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको छ। इन्डियन आइडल सिजन ३ का विजेता गायक तथा नेपाली फिल्मका नायक प्रशान्त तामाङको दिल्लीस्थित निवासमा हृदयाघातका कारण निधन भएको हो।
प्रशान्तको निधनप्रति गायक प्रमोद खरेलले सामाजिकमा लेखेका छन्,‘कस्तो अप्रिय र अपत्यारिलो खबर सुन्न पर्यो। प्रिय प्रशान्त तामाङ हामी बीच रहनु भएन छ। उफ.. वैकुण्ठमा वास होस्।’
त्यस्तै, संगीतकार अर्जुन पोखरेलले पनि दुःख व्यक्त गर्दै लेखेका छन्,‘नेपाली मन मुटुमा बस्न सफल प्रशान्त तामाङ हामी माझ रहेनन् भन्ने खबर आयो। मन भारी भयो अति नै नरमाइलो लाग्यो। यो खबर असत्य होस भन्छु , आत्माको चिर शान्तिको कामना गर्दछु।’ प्रशान्तको जन्म भारतमा दार्जीलिङको तुङ्सुङ भन्ने ठाउँमा भएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment