ट्राफिक प्रहरीलाई इन्फ्लुएन्जा विरुद्धको खोप

डिसी नेपाल
२६ पुष २०८२ २२:३४
16
Shares

काठमाडौँ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबिच ट्राफिक प्रहरीलाई इन्फ्लुएन्जा (फ्लू) रोगविरुद्धको खोप लगाउनेबारे सम्झौता भएको छ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्की र अस्पतालका निर्देशक डा युवानिधि बसौलाबिच सहमति पत्रमा शनिबार हस्ताक्षर भएको छ। अस्पतालका निर्देशक डा बसौलाले सहमतिअनुसार शनिबारदेखि ट्राफिक प्रहरीलाई खोप लगाउन थालिएको जानकारी दिए। उनका अनुसार आज १५ जनालाई इन्फ्लुएन्जा (श्वासप्रश्वाससम्बन्धी सङ्क्रमण) विरुद्धको खोप लगाइएको छ।

जाडो बढेसँगै इन्फ्लुएन्जाबाट सुरक्षित रहनका लागि खोप लगाइएको उनले बताउनुभयो। जाडो महिनामा धेरै सक्रिय हुने इन्फ्लुएन्जा भाइरसको सङ्क्रमण शिशुदेखि जवान, अधबैँसे र वृद्धवृद्धासमेत सबै उमेरका व्यक्तिलाई हुनसक्ने भएकाले सबैलाई सचेत रहन उनले आग्रह गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *