माघीमा थारू समुदायमा माइतीमा दाउरा लैजाने चलन हरायो
df3L tyf ;fF:s[lts sfo{qmddf ;xefuL yf? o'jtL
sf7df8f}F, ! df3M
yf? /fli6«o df3L dxf]T;j d"n cfof]hs sld6Låf/f sf7df8f}Fsf] cgfdgu/df laxLaf/ cfof]lht df3L tyf ;fF:s[lts sfo{qmddf cfg} e]ife"iffdf ;lhP/ ;xefuL ePsf yf? o'jtL . tl:a/ M k|bLk/fh jGt÷/f;;
तुलसीपुर (दाङ)। माघीका अवसरमा दाउरा लिएर माइती लैजाने चलन थारू समुदायमा हराउँदै जान थालेको छ । वनबाट दाउरा ल्याउन नसक्ने आमाबुबाका लागि दाउरा लगिदिने चलन थियो ।
माइतीमा दाउरा लैजाने चलन अहिले प्रायः हराएको तुलसीपुर–१८ निवासी फूलमान चौधरीले बताए । उनले भने, “पहिले माघीमा माइतीमा दाउरा लैजाने चलन थियो, अहिले त्यो चलन हराइसकेको छ ।”
आफूहरूले समेत माइतीमा दाउरा लैजाने गरेको भए पनि अहिले त्यो चलन हराएको उनको भनाइ छ । अहिले घरघरमा हिटरको समेत प्रयोग हुने तथा पहिलेजस्तो दाउराको समस्या पनि नहुने भएकाले त्यसरी दाउरा लैजाने चलन हराएको हुनसक्ने थारू अगुवा खुसीराम चौधरीले बताए । “अहिले घरघरमा हिटर हुन्छ, पहिलेजस्तो समस्या पनि हुँदैन”, उनले भने, “त्यसैले पनि अहिले यो चलन हराएको हुनसक्छ ।”







डिसी नेपाल








Facebook Comment