राजतन्त्र फालेर ल्याएको गणतन्त्रमा ‘नेपोबेबी’ हावी हुँदा जनता आक्रोशित भए : गगन थापा

डिसी नेपाल
२७ पुष २०८२ २०:४५
48
Shares

काठमाडौ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भदौ २३ र २४ मा भएको ‘जेनजी आन्दोलन’ केवल नवयुवाको असन्तुष्टि मात्र नभई देशभरका लाखौँ नागरिकको आक्रोश सडकमा अभिव्यक्त भएको परिणाम भएको बताएका छन्।

कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महामन्त्री थापाले राजतन्त्र अन्त्य गरी ल्याइएको गणतन्त्रमा ‘नेपोबेबी’ प्रवृत्तिको वर्चस्व देखेर जनता आक्रोशित भएको उल्लेख गरे।

राजाको छोरा राजा हुने राजतन्त्र फालेर हामीले गणतन्त्र ल्यायौँ। तर आज त्यसै गणतन्त्रमा नेपोबेबीहरूको राज देख्दा जनता रिसाएका हुन् त्यो रिस जेनजी आन्दोलनका क्रममा सडकमा पोखियो”, उनले भने।

महामन्त्री थापाका अनुसार आन्दोलनमा जनताले सरकार, संसद् र समग्र राजनीतिक प्रणालीप्रति असन्तुष्टि प्रकट गरेका थिए। “जनताले सरकारसँग रिस पोखेका थिए, त्यो सरकारमा हामी थियौँ। संसद्सँग रिसाएका थिए, त्यो संसद्मा पनि हामी थियौँ”, थापाले स्वीकारे।

नागरिकको आक्रोश व्यक्तिगत नेताप्रति नभई भ्रष्टाचार, कुशासन र व्यवस्थागत विकृतिप्रति केन्द्रित रहेको उनको भनाइ छ।

महामन्त्री थापाले पछिल्ला राजनीतिक गतिविधिमा आफूले यसअघि कहिल्यै नदेखेको स्तरको जनसहभागिता र चासो देखिएको पनि बताए

“यहाँको उपस्थितिले नै देखाउँछ, यो महाधिवेशन नाम मात्र विशेष होइन यसलाई व्यवहारमै विशेष बनाएर देखाउनुपर्ने जिम्मेवारी हाम्रो हो”, उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.