चेंचु संक्रान्ति महोत्सव २०२६ मा प्रदीप खनाललाई विशेष अभिनन्दन
काठमाडौं । आन्ध्र प्रदेशस्थित मल्लिकार्जुन ज्योतिर्लिङ्ग क्षेत्र, श्रीशैलममा सम्पन्न चेंचु संक्रान्ति महोत्सव २०२६ मा विश्व आध्यात्मिक दूत तथा प्रतिष्ठित आध्यात्मिक–सांस्कृतिक व्यक्तित्व प्रदीप खनाललाई अभिनन्दन गरिएको छ।
एक वर्षको अवधिमा ४५० भन्दा बढी तीर्थस्थलहरूको यात्रा सफलतापूर्वक सम्पन्न गरेको असाधारण उपलब्धीको मूल्यांकन गर्दै नेपालका खनाललाई साधु–सन्त, जनजातीय नेतृत्व र धार्मिक समुदायको तर्फबाट विशेष अभिनन्दन गरिएको हो।
प्रदीप खनालले एक वर्षभित्र भारत, नेपाल, बंगलादेश, श्रीलंका, पाकिस्तान र तिब्बत (चीन) लगायत देशहरूमा फैलिएका हिन्दू, बौद्ध र सिख परम्परासँग सम्बन्धित ४५० भन्दा बढी पवित्र तीर्थस्थलहरूमा दर्शन, साधना, पूजन र सांस्कृतिक संवाद सम्पन्न गेक थिए।
कार्यक्रममा उपस्थित विद्वान सन्त तथा धर्मगुरुहरूले यस तीर्थयात्रालाई जगतगुरु आदि शंकराचार्य र सिख धर्मका संस्थापक गुरु नानक देवपछि आधुनिककालमा विश्वमै पहिलो पटक यति व्यापक रूपमा सम्पन्न भएको आध्यात्मिक यात्राको रूपमा वर्णन गरे।
वक्ताहरूका अनुसार, आदि शंकराचार्यले अद्वैत वेदान्तको प्रचारका लागि भारतभर पदयात्रा गरेका थिए। गुरु नानक देव जीले मानव एकता र भक्ति चेतनाको सन्देश फैलाउन दीर्घ यात्रा गरेका थिए। ती ऐतिहासिक यात्रापछि आजको युगमा खनालले सम्पन्न गरेको तीर्थयात्रा सनातन धर्मको पुनर्जागरण र विश्व मानवताको सेतुका रूपमा स्थापित भएको धारणा व्यक्त गरिएको छ।
चेंचु संक्रान्ति महोत्सव २०२६ मा निम्न महान विभूति तथा विशिष्ट अतिथिहरूको गरिमामय उपस्थिति रहेको थियो। उपस्थित सन्तहरूले धर्म, अध्यात्म, सनातन संस्कृतिको संरक्षण, प्रकृति र मानव जीवनबीचको सम्बन्ध तथा सामाजिक सद्भावका विषयमा महत्वपूर्ण प्रवचन दिएका थिए।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा जगतगुरु शंकराचार्य स्वामी अधोक्षजानन्द देवतीर्थ जी महाराज, जगतगुरु कल्कि भगवान तथा अन्य महामण्डलेश्वर गुरुवर्यहरूले खनाललाई विशेष आशीर्वाद दिए।
कार्यक्रममा वक्ताहरूले खनालको तीर्थयात्राले भारत-नेपाल सम्बन्धलाई अझ सुदृढ बनाउने, दक्षिण एशियाली सांस्कृतिक एकतालाई बलियो पार्ने तथा विश्व शान्ति र सद्भावको सन्देश फैलाउने विश्वास व्यक्त गरे।







डिसी नेपाल








Facebook Comment