कांग्रेस विशेष महाधिवेशनमा २२ सय प्रतिनिधिले दर्ता गरे नाम

डिसी नेपाल
२७ पुष २०८२ २०:५७
4.6k
Shares

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन भृकुटीमण्डपमा जारी छ। आइतबार बेलुकासम्म २२ सय महाधिवेशन प्रतिनिधिले नाम लेखाएका छन्।

महाधिवेशन प्रतिनिधिले नाम लेखाउने क्रम उद्घाटन सत्र सकिएपछि रोकिएको छ। नयाँ दर्ता अब सोमबार बिहान सुरू गरिने प्रचार-प्रसार संयोजक सुवास पोखरेलले बताए।

“कति महाधिवेशन प्रतिनिधिले आइतबार बेलुकीसम्म दर्ता गरे भन्ने यकिन भएको छैन,” उनी भन्छन्, “दुई हजार दुई सय भन्दा बढीले दर्ता गरेको भनिए पनि फाइलहरू रुजु गर्नुपर्ने भएकाले सोमबार मात्र यकिन विवरण आउने छ।”

दर्ताको फाइल उद्घाटन सत्र सकिएसँगै बन्द गरी रात्रिको खानाको क्रम चलेकाले आइतबारका लागि दर्ता बन्द भएको उनले बताए। “यति नै भनेर यकिन नभए पनि थुप्रैको संख्यामा प्रतिनिधिले आइतबारको उद्घाटनका कारण दर्ता नगरेको पाइएकाले सोमबार बिहान ८ बजेदेखि पुनः दर्ता प्रक्रियाले निरन्तरता पाउँछ,” उनले भने।

बन्दसत्र अघि मात्र महाधिवेशन प्रतिनिधिको यकिन सहभागिता संख्या आउने उनले जानकारी दिए। नेपाली कांग्रेसमा जम्मा ४७४३ जना महाधिवेशन प्रतिनिधि रहेका छन्। तीमध्ये ५१ प्रतिशत सदस्यले मतदान गरे मात्रै नेतृत्व चयन हुने व्यवस्था विधानले गरेको छ। अर्थात् २४१९ जना प्रतिनिधिले मतदान गर्न सक्दा विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *