एमालेको निर्वाचन तयारी गर्न प्रदेशगत छलफल

डिसी नेपाल
२७ पुष २०८२ २१:४३
28
Shares

काठमाडौंख। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यसँग छलफल गरेको छ।

पार्टी केन्द्रीय कार्यालय ललितपुर, च्यासलस्थितमा आज लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यसँग निर्वाचनको तयारीबारे छलफल गएिको हो।

एमाले निर्वाचन विभाग प्रमुख निरज आचार्यले आजदेखि प्रदेशगत रूपमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यसँग निर्वाचनको रणनीतिबारे छलफल गरिएको बताए। “पार्टीले सातैवटा प्रदेशका संयोजक, प्रदेशबाट प्रतिनिधित्व गर्ने पदाधिकारी तथा केन्द्रीय सदस्यसहितको बैठक सुरु गरिएको छ”, उनले भने, “सोमबार मधेस, बागमती, कोशी र सुदूरपश्चिम प्रदेशको बैठक डाकिएको छ।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *