शंकर तिवारी भन्छन्- कांग्रेसलाई कांग्रेसबाटै खतरा
काठमाडौं। नेपाली कांग्रेसका युवा नेता शंकर तिवारीले कांग्रेसलाई कांग्रेसबाटै खतरा भएको बताएका छन्।
कांग्रेसको दोस्रो विशेष महाधिवेशन चलिरहँदा मंगलबार उनले भृकुटीकण्डपस्थित मिडिया सेन्टरमा आफ्नो पुस्तक ‘चौबाटोमा चारतारा’ विमोचन गर्दै सो विचार राखेका हुन्।
उनले कांग्रेसमा २००७ सालमा गरेको सिद्धान्त र एजेण्डा ल्याएजस्तै जेनजी आन्दोलनमा कांग्रेस नबद्लिएसँगै अब कांग्रेस अगाडि बढ्न नसक्ने जिकिर गरे।
उनले ४५ दिनसम्म पनि कांग्रेसले जेनजी आन्दोलनपछिको उभारलाई आत्मस्वीकृति नगरेकाले देशको राष्ट्रिय राजनीति नबद्लिने बताए। उनले जेनजी समूहसँग दलसुधारको बारेमा यो पुस्तकमा उल्लेख गरिएको बताए।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment