श्याम घिमिरे भन्छन्- पार्टी फुटाए गगन-विश्व निष्कासन हुन्छन्
काठमाडौं । नेपालील कांग्रेसका नेता श्यामकुमार घिमिरेले पार्टी विभाजन गरे महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई निष्कासन गरिने चेतावनी दिएका छन्।
मंगलबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै घिमिरेले पार्टी विभाजन हुने अवस्थामा पुगे सबैभन्दा ठूलो क्षति महामन्त्रीहरूले बेहोर्नुपर्ने चेतावनी दिएका हुन्।
‘विभाजनको बाटोमा जाने हो भने उहाँहरूले चुनाव पनि गुमाउनुहुन्छ, पार्टी पनि। पार्टी फुटाएर गएपछि महाधिवेशनमा भाग लिन पाउनुहुन्न। त्यसकारण मलाई विश्वास छ- उहाँहरू सहमतिमा आउनुहुन्छ,’ उनले भने।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment