कानुनका विज्ञसँग परामर्शमा जुटे गगन-विश्वप्रकाश
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा कानुनका विज्ञसँग परामर्शमा जुटेका छन् । उनीहरूले आफू निकट र विश्वासिला कानुन व्यवसायीसँग परामर्श थालेका हुन् ।
बुधबार बिहान सभापति शेरबहादुर देउवासँग भेटका क्रममा देउवाले आफू पार्टीका उम्मेदवारलाई दिइने टिकटमा हस्ताक्षर गर्ने अधिकार त्याग्न तयार रहेको बताएका थिए । यसका लागि कानुनका जानकार र निर्वाचन आयोगसँग परामर्श गर्न देउवाले सुझाव दिएका थिए ।
महामन्त्रीहरूले यही विषयमा कानुन व्यवसायीसँग छलफल गरेको स्रोत बताउँछ । यसबाहेक विशेष महाधिवेशनलाई संस्थापन पक्षले अवेधानिक दाबी गरिरहेकोले महाधिवेशनको वैधानिकताका विषयमा समेर छलफल भएको बताइएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment