ड्युटी सकेर स्कुटीमा हिँडेका प्रहरीको ३ दिनपछि लाश भेटियो

डिसी नेपाल
११ माघ २०८२ ११:३८
488
Shares

काठमाडौं । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान हरि जिसी मृत अवस्थामा फेला परेका छन् । ३ दिनदेखि बेपत्ता उनको खोजीको क्रममा शव भेटिएको हो । उनी घोराही उपमहानगरपालिका-२ रामपुर निवासी थिए ।

जिसी गत बिहीबार बिहानको ड्यूटी सकेर स्कुटी चढेर हिँडेका थिए । उनी घर नपुगेपछि उनको खोजी गर्दा उनको स्कुटी बाटोमा भेटिए पनि उनको बारेमा केही पत्ता लाग्न सकेको थिएन । खोजीकै क्रममा घरडौराको जंगलमा झुन्डिएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

स्रोतका अनुसार उनका बुबाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा आईसीयूमा राखेर उपचार भइरहेको थियो । बिदा माग्दा नपाएपछि उनी तनावमा थिए । शवको पोस्टमार्टम पूरा भइसकेको छ र उनको मोबाइल खोल्ने प्रयास भइरहेको छ । उनको मृत्युको कारण अझै स्पष्ट छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.