राष्ट्रियसभा : गण्डकीबाट एमालेकी देवकोटा विजयी

डिसी नेपाल
११ माघ २०८२ १७:२७
3.6k
Shares

पोखरा । गण्डकी प्रदेशबाट महिला क्लष्टरमा नेकपा एमालेकी सम्झना देवकोटा राष्ट्रियसभा सदस्यमा विजयी भएकी छन्। राष्ट्रियसभा निर्वाचनका लागि आइतबार गण्डकी प्रदेशको राजधानी पोखरामा भएको मतदानमा उनी विजयी भएकी हुन्।

उनी नेपाली कांग्रेससँगको सहकार्यमा एमालेबाट उमेदवार बनेकी थिइन्। गण्डकीका २२८ मतदतामध्ये २२३ मत खसेको थियो। उनले पाँच हजार १४ मतभार पाएकी छन्।

मतदानमा राप्रपाका दुई सांसद र सत्ता गठबन्धनका तीन पालिका प्रतिनिधि मतदानमा सहभागी भएका थिएनन्।

यहाँ नेपाली कम्युनिस्ट पार्टीबाट गोमा घिमिरे र राष्ट्रिय जनमोर्चाले लक्ष्मी बास्कोटालाई उमेदवार बनाएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.