राष्ट्रियसभा सदस्य निर्वाचन : ९५ प्रतिशतभन्दा बढी मतदान
xr:d:DAFbpsAE51M:3090,j:7501157714431889710,t:23121702
काठमाडौं । राष्ट्रियसभा सदस्यका लागि आज भएको मतदान उत्साहजनक एवं शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। बिहान ९ बजेदेखि दिउँसो तीन बजेसम्म भएको मतदानमा सातै प्रदेशमा गरी ९५ दशमलव ६८ प्रतिशत मत खसेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
आगामी फागुन २० गतेदेखि रिक्त हुने १८ सदस्यका लागि आज निर्वाचन भएको हो। निर्वाचन अधिकृतका कार्यालयहरूबाट आयोगमा प्राप्त विवरणअनुसार कोशी प्रदेशमा कुल मतदाता ३६० रहेकामा ३४५ मत खसेको छ।
मधेस प्रदेशमा ३६४ मध्ये ३४१, वाग्मतीमा ३३८ मध्ये ३१८, गण्डकीमा २२८ मध्ये २२३, लुम्बिनीमा २९९ मध्ये २८६, कर्णालीमा १९८ मध्ये १९१ र सुदूरपश्चिममा २२४ मध्ये २२० मत खसेको प्रवक्ता भट्टराईले जानकारी दिए।
सातै प्रदेशमा कुल २०११ मतदाता रहेकामा १९२४ मत खसेको आयोगले जनाएको छ। शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान गराउन सहयोग गर्ने राजनीतिक दल, उम्मेदवार तथा सरोकार भएका सबैलाई आयोगले धन्यवाद दिएको छ। सबै मतपेटिका जम्मा गरी सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मतगणना गरिने आयोगले जनाएको छ।
आगामी फागुन २० गतेदेखि रिक्त हुने १८ पदमध्ये कोशी प्रदेशमा खस आर्यतर्फ एक पदमा निर्विरोध भएको थियो। त्यहाँ उम्मेद्वार नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित हुनुभएको हो। बाँकी १७ पदको मतदानका लागि सातै प्रदेशका राजधानीस्थित तोकिएका मतदानस्थल तथा मतदान केन्द्रमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो।







डिसी नेपाल








Facebook Comment