राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिममा कांग्रेसका खाती र एमालेकी भण्डारी विजयी
धनगढी । सुदूरपश्चिमबाट राष्ट्रियसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार खम्मबहादुर खाती विजयी भएका छन्।
अन्यतर्फको एक स्थानका लागि भएको निर्वाचनबाट कांग्रेसका खाती ३ हजार ९६९ मतका साथ विजयी भएका हुन्।
उनका प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका टीकाराम जैशीले १ हजार ८०५ मत प्राप्त गरेका छन्।
महिलातर्फ एमाले उम्मेदवार लीला भण्डारी निर्वाचित भएकी छन्। उनले ३९९४ मत प्राप्त गरेकी छन्। उनकी प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीकी रोजी बस्नेत १६७५ मत मात्र पाउन सफल भइन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment