‘देशमा छाएको अन्धकार हटाउन उज्यालो नेपाल पार्टीको विकल्प छैन’

डिसी नेपाल
१५ माघ २०८२ १२:०४
12
Shares

काठमाडौं। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशको सबै क्षेत्रको अध्याँरो छाएको बताएका छन्। बिहीबार काठमाडौंमा भएको घरदैलो कार्यक्रममको क्रममा उनले देशको सबै क्षेत्रमा अन्धकार छाएको भन्दै सबै ठाँउमा उज्यालो बनाउनको लागि उज्यालो नेपाल पार्टीलाई जिताउनुपर्ने बताए।

उनले भने, ‘अब अहिले बत्ति गएपछि सम्झिने नाम कुलमान भएको छ। सबै क्षेत्रको अध्याँरो भएको छ, अब सबै ठाँउमा बत्ति ल्याउनको लागि, उज्यालो बनाउनको लागि उज्यालो नेपाल पार्टीलाई जिताउनुपर्छ भन्ने हाम्रो भनाइ हो।’

यस्तै, उनले जनताबाट एकदमै सकारात्मक प्रतिक्रियाहरु आएको भन्दै उज्यालो नेपाललाई अत्याधिक मतले जिताउने विश्वास व्यक्त गरेका छन्।

उनले भने, ‘आज हामीले खासमा हेरिटेज वाक भनेर गरेका हौं र जनताको घर घरमा पनि गयौं। जनताबाट एकदमै सकारात्मक प्रतिक्रियाहरु आएको छ र उज्यालो नेपाललाई अत्याधिक मतले जिताउछु भन्ने उहाँहरुको भनाइ छ।’

साथै, यो देशको नेतृत्व सही व्यक्तिहरुले गर्यो भने मात्रै देश उज्यालो हुने भन्दै यो देशको नेतृत्व गर्न आफू तयार रहेको पनि उनको भनाई छ । जनताले जिताउने कुरामा ढुक्क रहेको पनि उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.