मुगुमा एमालेको विरोध प्रदर्शन, ज्ञापनपत्र बुझाएपछि कोणसभा
मुगु । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउको विरोध गर्दै मुगुमा आइतबार दोस्रो दिन पनि विरोध प्रदर्शन गरेको छ।
पार्टीको केन्द्रीय निर्देशनअनुसार आयोजित कार्यक्रममा एमालेका नेता–कार्यकर्ताले विरोध ¥याली निकाल्दै जिल्ला प्रशासन कार्यालय मुगुमार्फत सरकारलाई ओलीको रिहाइको मागसहित ज्ञापनपत्र बुझाएका हुन्।
पार्टी कार्यालयबाट सुरु भएको जुलुस न्यूरोड, महाकाली उच्च मावि, मिलनचोक, अदालतचोक हुँदै जिल्ला प्रशासन कार्यालय पुगेको थियो। त्यहाँ ज्ञापनपत्र बुझाएपछि कार्यक्रम कृष्णाचोकमा पुगेर कोणसभामा परिणत भएको थियो।
विरोध कार्यक्रममा एमाले मुगुका अध्यक्ष पूर्णबहादुर रोकाया, केन्द्रीय सदस्य दानसिंह परियारलगायत नेताहरूको सहभागिता रहेको थियो। उनीहरूले निमित्त प्रमुख जिल्ला अधिकारी विभाकर मिश्रमार्फत सरकारसमक्ष ज्ञापनपत्र पेश गरेका थिए।
ज्ञापनपत्र बुझेपछि निमित्त प्रमुख जिल्ला अधिकारी मिश्रले उक्त मागपत्र सम्बन्धित निकायसम्म पु¥याइने बताएका छन्।
विरोध प्रदर्शनलाई लक्षित गर्दै जिल्लामा कुनै अप्रिय घटना हुन नदिन नेपाल प्रहरी र शस्त्र प्रहरी बल नेपालले कडा सुरक्षा व्यवस्था गरेका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment