लघुकथा: अन्यथा
“अत्यन्त उज्ज्वल प्रतिभा। चम्किलो तारा। उदारमना। अत्यन्त लोकप्रिय। भरोसालायक नक्षत्र। देशकै अपुरणीय क्षति। एक युगको अवसान। म गहिरो दुःख व्यक्त गर्दछु।” उहाँले प्रतिक्रियामा मोबाइलमा भन्नु भयो।
यहाँ मोबाइलको टावर अति कमजोर रहेछ। मोबाइल किरिङ्किरिङ् गर्दै थियो; यसैका बीच उहाँले आफ्नो कुरा सक्नु भयो।
फेरि उहाँलाई लाग्यो-‘मृत्यु नै भएको त हो ? …सूचनामा अरुलाई उछिन्ने होडमा यहाँ त कतिपटक जिउँदै मान्छेलाई पनि बित्यो भनिदिएका छन् । यो खबर पनि कतै यस्तै त होइन ?… प्रतिक्रिया व्यक्त गर्न हतार पो गरियो कि क्या’ हो!’
उहाँ सोचमा पर्नु भयो।
प्रतिक्रिया
















Facebook Comment