सर्लाही–४ मा गगनबाट टीका लगाएर कांग्रेस प्रवेश गरेका वडाध्यक्ष गुप्ता जसपामै फर्किए

डिसी नेपाल
१५ माघ २०८२ १६:२४
3.7k
Shares

सर्लाही। हिजो (बुधबार) मात्र नेपाली कांग्रेसका सभापति गगन थापाबाट टीका लगाएर कांग्रेस प्रवेश गरेका सर्लाहीको गोडैता नगरपालिका– ५ का वडाध्यक्ष प्रकाश प्रसाद गुप्ता आज पुनः आफ्नै पुरानो पार्टी जनता समाजवादी पार्टी (जसपा) मा फर्किएका छन्।

जसपाबाट निर्वाचित वडाध्यक्ष गुप्ताले आज आफू कांग्रेस परित्याग गरी पुरानै पार्टीमा फर्किएको घोषणा गरेका हुन्। उनले आगामी निर्वाचनमा पनि जसपालाई नै सहयोग गर्ने स्पष्ट पारेका छन्।

एक भिडियोमा उनले आफू सुरुदेखि नै जसपामा रहेको, पार्टीप्रति प्रतिबद्ध रहेको र गोडैता नगरपालिका – ५ का निर्वाचित वडाध्यक्षका रूपमा काम गरिरहेको बताएका छन्।

यसघि पार्टीको गठबन्धनका कारण केही समयका लागि नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति बिरेन्द्र सिंहसँग नजिकिएको र सोही कारण त्यहाँ गएको र आफुलाई सम्मान गरेको भन्दै धन्यबादसमेत दिएका छन्।

अन्त्यमा उनले आफ्नो पार्टी छोडेर अन्य कुनै दललाई भोट नदिने र जसपाप्रति पूर्ण निष्ठा कायम राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

हिजो (बुधबार) सर्लाहीको गोडैतामा कांग्रेसका सभापति थापालाई सहयोग गर्ने भन्दै उनिसहित चार जना वडाध्यक्षले कांग्रेश प्रवेश गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.