माधव नेपाल अस्वस्थ, प्रचण्डले लिए स्वास्थ्यवस्थाबारे जानकारी

डिसी नेपाल
१५ माघ २०८२ २३:३४
212
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

पूर्वप्रधानमन्त्री दाहालले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्स प्लान्ट सेन्टरमा पुगेर पूर्वप्रधानमन्त्री नेपालसँग भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।

रुघाखोकी र ज्वरोको समस्याले छातीमा सङ्क्रमण देखिएपछि उनलाई बुधबार साँझ अस्पताल भर्ना गरिएको पार्टीका नेता ताजमोहम्मद मियाँले जानकारी दिए। नेपालले केही दिन अस्पतालमै बसेर उपचार गर्ने जनाइएको छ।

यसअघि पनि छातीसम्बन्धी सङ्क्रमणको समस्या देखिएकाले सहसंयोजक नेपाललाई केही समय भीडभाडबाट टाढा रहन चिकित्सकले सुझाव दिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *