सेवार खोलामा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु

डिसी नेपाल
२६ माघ २०८२ १०:५९
1.4k
Shares

घोराही (दाङ)। घोराही उपमहानगरपालिका-१६ स्थित सेवार खोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार मृतकको पहिचान खुलेको छैन।

लु प्र ०२००१ प ११०२ नं को ‘पल्सर’ मोटसाइकल घोराही तुलसीपुर सडकखण्डको सेवार खोलामा गएराति दुर्घटना भएको हुनसक्ने जनाइएको छ।

आज बिहान उद्धार गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याइएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.