कविता: अरबका फूल

सुरेश भट्ट आश्रिन
२७ माघ २०८२ १०:२३
20
Shares

अरबमा फक्रिएका
यी फूलहरू,
न मन्दिर जान्छन्
न त मस्जिद जान्छन्
अनौठौ लाग्छ,
यि फूलहरू न बागमा फुल्छन्
न गमलामा फुल्छन्
कसका लागि फुलिरहेका छन्
यी फूलहरू..!?

मधुर ध्वनिमा फूल सुनाइरहेछ,
मैले कहिल्यै नलेखेको
प्रेमपत्रहरूको आवाज
कसले सुनाइदियो मानवलाई?

मलाई पढ्दै,
मेरो सौन्दर्य सँग खेल्ने
कसले बनाइदियो?
मलाई प्रभातमा टपक्क
टिप्पने कस्ले बनाइदियो?

शायद म
मानवकै लागि
फूलेको फूल हुँ,
मेरो सौन्दर्य
धर्तीसँग जोडीएको
छैन ।
त्यसैले मलाई मनवहरू
धित पुगेञ्जेल सुन्गध लिन्छन्
निमोठेर फ्याँक्छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.