बस दुर्घटनाको सत्यतथ्य छानविन गर्नुपर्ने माग राख्दै सडक अवरुद्ध

डिसी नेपाल
२८ माघ २०८२ १३:१८
148
Shares

रामेछाप। रामेछापको मन्थली नगरपालिका-६ मसानेटारमा मंगलबार भएको बस दुर्घटनाको सत्यतथ्य छानविन गर्नुपर्ने माग राख्दै स्थानीयहरुले सडक अवरुद्ध गरेका छन्।

१२ जनाको मृत्यु हुने गरि दुर्घटना हुँदा पनि स्थानीय प्रशासन र अरनिको यातायात समितिले कुनै चासो नदिएको भन्दै स्थानीयहरुले बुधबार बिहानैदेखि रामेछापमा सडक अवरुद्ध गरेका हुन्।

स्थानीयहरुले काठमाडौंबाट गएका सवारी साधनलाई खुर्कोट, मन्थली भित्रिएका सवारीलाई मन्थली आकाशे र गाँउबाट छुटेका गाडीहरुलाई खिम्तीमा नै रोकेका हुन्।

स्थानीयहरुले दुर्घटनाको छानविनका साथै मृतकका परिवारलाई उचित क्षतिपूर्ति, घाइतेको सहज उपचार लगाएका माग राखेका छन्।

काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९९७५ नम्बरको बस मंगलबार तामाकोसी नदीमा खस्दा १२ जनाको मृत्यु भएको थियो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.