देशको नेतृत्व हाँक्न योग्य हुन चुनावका लागि मधेस लडेको हुँ : गगन थापा
सर्लाही। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही ४ लाई आफूले एक नम्बर बनाउन नसके जुनसुकै मुल्य चुकाउन तयार रहेको बताएका छन्।
उनले बुधबार मधेसका ३२ वटा क्षेत्रमध्ये आफूले चुनाव उठेको क्षेत्रलाई एक नम्बर बनाएर छाड्ने दाबी गरे। उनले भने, ‘सर्लाहीमा म यतिकै चुनाव लड्न आएको होइन। मधेसका ३२ वटा क्षेत्र छन्।
त्यसमध्ये अन्य क्षेत्रभन्दा मैले चुनाव लडेको क्षेत्रलाई एक नम्बर बनाउन सकिन भने म जुनसुकै मुल्य चुकाउन तयार छु। यो मेरो अन्य राष्ट्रिय नेताहरूलाई चुनौती पनि हो।
आफू काठमाडौंबाट तीन तीन पटक चुनाव जितेको मान्छे यत्तिकै मधेसमा चुनाव लड्न नझरेको स्पष्ट पार्दै उनले आफू मधेस बुझ्न नै यहाँ आएको बताए। साथै आफूले मधेस नबुझेसम्म देशको नेतृत्व गर्न योग्य नहुने कुरा पनि सपष्ट पारे।
उनले भने, ‘जुनदिसम्म म मधेस बुझ्न सक्दिन, त्यो दिनसम्म म यो देशको नेतृत्व हाक्न सक्ने योग्य हुन्न भन्ने मैले बुझेको छु।’
सभापति थापाले मधेसको कृषि, सिचाइँ र शिक्षामा आमूल परिवर्तन भएको हेर्न चाहेर नै मधेस झरेकोसमेत स्पष्ट पारे।







डिसी नेपाल







Facebook Comment