प्रेमपूर्वक दिएको ३ लाखको उपहार प्रेमिकाले हावामा उडाइदिइन्, प्रेमीको रोएर बेहाल
काठमाडौं । एक जर्मन युवकले आफ्नी प्रेमिकालाई दिएको भावनात्मक एनिभर्सरी सरप्राइज अनपेक्षित दुर्घटनामा परिणत भएपछि सामाजिक सञ्जालमा व्यापक चर्चा भएको छ। योजनाबद्ध रूपमा दिइएको उपहार हावामा उडेपछि भिडियो भाइरल बनेको छ, जसले हाँसो, सहानुभूति र बहसलाई जन्म दिएको छ।
भिडियोमा देखिएअनुसार रातको आकाशमुनि खुला पार्किङ क्षेत्रमा एउटा ठूलो सेतो उपहार बक्स राखिएको थियो। रातो रिबनले सजाइएको बक्ससँगै युवकले आफ्नी प्रेमिकालाई सरप्राइज दिने तयारी गरेका थिए। युवक कालो सूटमा सजिएका थिए भने प्रेमिकाले रातो बलूनको गुच्छा समाइरहेकी थिइन्।
बक्सभित्र प्रेमीले लामो नगद नोटको श्रृंखला बलूनसँग बाँधेर सजाएका थिए। बलून फुल्दै जाँदा नोटहरू लम्बाइमा फैलिँदै बक्स खोल्नेबित्तिकै नाटकीय रूपमा माथि उठ्ने गरी तयारी गरिएको थियो। गुलाबी प्रकाशले रोमाञ्चक वातावरण सिर्जना गरेको थियो।
बक्स खोल्नेबित्तिकै बलून माथि उड्दै नगद नोटहरू समेत तानेर आकाशतिर गयो। दृश्यले प्रेमिकालाई भावुक बनायो र उनले तुरुन्तै युवकलाई अँगालो हालिन्। तर अँगालो हाल्ने क्रममा बलून छुट्टिएर नगद श्रृंखला समेत आकाशमा हरायो।
सप्राइज उल्टा पड़ गया 😂
बॉयफ्रेंड ने अपनी गर्लफ्रेंड को$2000( 1.65 लाख) रुपये की नोटों से बनी चेन गिफ्ट कर दी. Money Chain Surprise
लेकिन देखे फिर क्या हुआ!!?
वीडियो इंटरनेट पर वायरल pic.twitter.com/HLOYh5seFi— Journalist Fatima ✍️ (@mahsharfatima86) February 12, 2026
प्रेमिका दौडेर नगद समात्ने प्रयास गरिन् भने युवकले आफ्नो कोट फ्याँकेर रोक्ने प्रयास गरे, तर असफल भए। नगद हराएपछि युवक जमिनमा ढल्किएर अनुहार ढाक्दै बसे। प्रेमिकाले उनलाई सान्त्वना दिँदै ‘तपाईंको सोचाइ नै महत्वपूर्ण हो’ भन्दै ढाढस दिइन्। तर युवकले त्यो नगद आफ्नो एक महिनाको तलब भएको खुलासा गरे।
भिडियोको क्याप्सनअनुसार हराएको नगद करिब २,००० अमेरिकी डलर (झण्डै २ लाख ९० हजार रूपैयाँ ) बराबरको थियो।
फेब्रुअरी १० मा अपलोड गरिएको उक्त भिडियो सामाजिक सञ्जालमा एकैपटक भाइरल बन्यो। हालसम्म ११ करोडभन्दा बढी पटक हेरिएको छ। दर्शकहरूले जोडीप्रति सहानुभूति जनाए पनि धेरैले यति ठूलो रकम बाहिर प्रयोग गर्ने निर्णयको आलोचना गरेका छन्।
कतिपयले प्रेमिकाको भावनात्मक प्रतिक्रिया प्रशंसा गर्दै ‘नगदभन्दा पहिले प्रेमलाई प्राथमिकता दिएको’ भन्दै टिप्पणी गरे। अर्का दर्शकहरूले भने यस्तो भव्य प्रदर्शनलाई अनावश्यक र जोखिमपूर्ण भने। केहीले मजाक गर्दै ‘उडेको नगदले कसैलाई सहयोग पुग्ला’ भने । अरूले ‘रोमाञ्च र व्यवहारिकता सधैं मेल खान्न’ भन्दै टिप्पणी गरे







डिसी नेपाल







Facebook Comment