ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

डिसी नेपाल
१७ फागुन २०८२ ११:०३
4.4k
Shares

काठमाडौं। नेपाली बजारमा आइतबार साताको कारोबारको पहिलो दिन सुनको मूल्य ५ हजार ६ सय रुपैयाँले बढको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ५ हजार ६०० रुपैयाँले बढेर ३ लाख २० हजार ५०० रुंपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार सुनको मूल्य ३ लाख १४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी मूल्य तोलामा ५ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तोलामा ५ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.