मध्यपूर्वको युद्धप्रति ओलीको चिन्ताः ‘नेपालमा मिसाइलको धुँवा कहिल्यै नआओस्’

डिसी नेपाल
१७ फागुन २०८२ १३:००
12
Shares

काठमाडौं। केपी शर्मा ओलीले मध्यपूर्वमा भइरहेको मिसाइल आक्रमणप्रति गहिरो चिन्ता व्यक्त गर्दै नेपालमा कुनै पनि आवरणमा युद्धको धुँवा प्रवेश नगरोस् भन्ने कामना गरेका छन्।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत मध्यपूर्व क्षेत्रमा भइरहेको द्वन्द्वका कारण आफूलाई निदाउनसमेत नसकेको उल्लेख गरेका छन्।

उनले सो क्षेत्रमा रहेका लाखौं नेपाली नागरिक आपत र त्रासको अवस्थामा रहेको भन्दै उनीहरूका परिवार नेपालमा पलपल छट्पटाएर बस्नु परेको बताए।

ओलीले लेखेका छन् ‘मध्यपूर्वका देशहरूमाथिको आकाशबाट बर्सिएका मिसाइलको धुँवाको दृश्यले आज निद्रा परेको छैन । ती देशमा लाखौं नेपाली आपत र कोलाहलमा छन्, तिनका परिवार यहाँ छट्पटाएर बस्नु परेको छ ।’

उनले आजको खुला विश्वमा रोजगारी, शिक्षा र अवसरका लागि नागरिकहरू विश्वभर आवतजावत गर्नु स्वाभाविक भए पनि युद्ध र भूराजनीतिक चपेटा अस्वाभाविक र खतरनाक अवस्था भएको टिप्पणी गरे। शक्तिको स्वार्थका कारण कतिपय देशहरू विवशतामा युद्धतर्फ धकेलिनुपर्ने अवस्था आएको पनि उनको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.