सुदूरपश्चिम पुगेर विश्वप्रकाशले भने-देउवालाई सम्मान, गगनलाई शासन

डिसी नेपाल
१७ फागुन २०८२ ११:१५
8
Shares

काठमाडौं। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा अब पार्टीको अभिभावक रहेको बताएका छन्। शनिबार सुदूरपश्चिममा कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति शर्माले देउवा पार्टीको अभिभावक भएको भन्दै सम्मान रहेको उल्लेख गरे।

अछामका साँफेबगर र कमल बजारमा आयोजित दुवै क्षेत्रका अलग अलग स्थानमा आयोजित सभालाई सम्बोधन गर्दै शर्माले निवर्तमान सभापति शेरबहादुर देउवा अब पार्टीको अभिभावक रहेको र गगन थापा नयाँ सभापति बनेको यथार्थ सुदूरपश्चिमले आत्मसात् गरेर नवीन ऊर्जा विकास गर्ने विश्वास प्रकट गरे।

उनले भने, ‘देउवालाई सम्मान, गगनलाई शासन यही नै अहिलेको आवश्यकता र यथार्थ हो। पार्टीका उम्मेदवार र रूख चिन्हलाई विजयी गराउन वर्तमान र निवर्तमान दुवै नेतृत्वको उत्तिकै दायित्व रहेको छ।’

सुदूरपश्चिमकै माटोबाट उदाएर राष्ट्रको नेतृत्व गरिसकेका नेताको यो क्षेत्रले फागुन २१ को चुनावबाट तुलनात्मक रूपले अरु प्रदेशमा भन्दा बढी राम्रो परिणाम दिएर इतिहास कायम गर्नुपर्ने आह्वानसमेत उपसभापति शर्माले गरे। शनिबार गण्डकी प्रदेशको पोखराबाट लुम्बिनीको गुल्मी र कर्णाली प्रदेश डोल्पाको चुनावी सभामा सहभागी भएर उपसभापति शर्मा सुदूरपश्चिम पुगेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *