अमेरिकामा नेपा आइटी टेक कम्पनीद्वारा नेपालको चुनावी अनलाइन भोटिङ सर्भेको नतिजा प्रकाशित
अमेरिका । अमेरिकामा नेपा आइटी टेक कम्पनीले गरेको नेपालको चुनावी अनलाइन भोटिङ सर्भेको नतिजा प्रकाशित गरिएको छ।
अमेरिकाबाट नेपा आइटीले गरेको नेपालको निर्वाचन तथा गैर आवासीय नेपालीसँग सम्बन्धित प्रश्नहरूको सर्भेमा ६ हजार १ सय ३३ जना सहभागी भएका थिए। नेपा आइटीका कार्यकारी प्रमुख इन्जिनियर विजयराज भट्टराईले आज डिसी नेपाल अनलाइन मेडियामार्फत उक्त रिजल्ट प्रकाशित गरेका हुन्।
यो सर्भेमा अमेरिकामा रहेका नेपाली मात्र सहभागी थिए। तपाईं नेपालको झापा- ५ निर्वाचन क्षेत्रको मतदाता भएको भए कसलाई भोट हाल्नुहुन्थ्यो? भन्ने जस्तै १५ वटा निर्वाचन क्षेत्रको स्यम्पलिंग गरिएको थियो।
सोधिएका प्रश्न निम्नानुसार छन्
१. एनआरएनए कानुन नबनेर विदेशी नागरिकता लिएका बंशजका नागरिकले पैतृक सम्पत्तिको सुरक्षा गर्ने, आफ्नो घर जग्गाको कारोबार गर्न पाउँदैन। यसको दोषी के हुनसक्छ।
२. आउँदो फागुन २१ को निर्वाचनको सन्दर्भमा प्रकाशित पार्टीहरूको घोषणा-पत्रको आधारमा तपाईंको विचारमा प्रवासी नेपालीको मागप्रति बढी नजिक रहेर सहयोग गर्न चाहने पार्टी कुन हो?
३. विदेशी नागरिकता लिएका नेपालीले तिर्नुपर्ने दोहोरो कर प्रणालीको सन्दर्भमा एनआरएनएले माँग राखेको दुई दशक भए पनि नेपालले कार्यान्वयन गरेको छैन। यसको दोषी कसलाई देख्नुहुन्छ?
४. विदेशमा बस्ने नेपालीलाई भोट दिने व्यवस्था गर्न सर्वोच्चले निर्देशन दिएको धेरै वर्ष वितिसक्दा पनि नेपाल सरकारले लागू नगर्नुको कारण के हुनसक्छ?
५. आउँदो फागुन २१ को निर्वाचनको सन्दर्भमा प्रकाशित पार्टीहरूको घोषणा-पत्रमा धेरै पार्टीले संविधान संशोधनको कुरा गरेका छन्। आउँदो संशोधनमा नेपाल विकासतर्फ उन्मुख हुन कस्तो राजनीतिक व्यवस्था उचित हुन्छ?
यी प्रश्नको नतिजा निम्नानुसार रहेको छ।







डिसी नेपाल







Facebook Comment