नेकपा बहुमतका मोरङ जिल्ला इन्चार्ज र सचिव पक्राउ
काठमाडौं। निर्वाचन बहिष्कार अभियानमा संलग्न रहेको आरोपमा नेपाल कम्युनिष्ट पार्टी बहुमतका मोरङ जिल्ला इन्चार्ज र जिल्ला सचिवलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बुधबार साँझ बहुमतका मोरङ जिल्ला इन्चार्ज सुन्दरहरैँचा नगरपालिका–१० बस्ने ५६ वर्षीय कृष्णप्रसाद चापागाईं र मोरङ जिल्ला सचिव दमक नगरपालिका-५ का ३७ वर्षीय सुमन पौडेललाई कानेपोखरी गाउँपालिका-६ बुद्धचौकबाट प्रहरीले पक्राउ गरेको हो।
डिएसपी चौधरीका अनुसार पक्राउ परेका दुबै जना बुधबार बिहान सुन्दरहरैँचा नगरपालिका-११ पूर्व-पश्चिम राजमार्गको उत्तर साइडमा फेला परेको ‘होक्स बम’ सम्बन्धी घटनामा समेत संलग्न रहेका छन।
पक्राउ परेकाहरूबाट को ६ प ५११६ नम्बरको मोटरसाइकल १ थान, विभिन्न कम्पनीका मोबाइल ५ थान, पार्टीको झण्डा १ थान र पर्चा-पम्प्लेट १०७ थान बरामद गरिएको प्रहरीले जनाएको छ।







डिसी नेपाल







Facebook Comment